धानको भण्डार प्रदेश २ मा रोपाइँ धमाधम (फोटोफिचर) | Khabarhub Khabarhub

धानको भण्डार प्रदेश २ मा रोपाइँ धमाधम (फोटोफिचर)


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धान उत्पादनको भण्डार मानिने प्रदेश २ मा खेतीयोग्य जमिनको करिब आधा भाग रोपाइँ सकिन लागेको छ ।

समयमै पानी परेकाले कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशत रोपाइँ सकिएको विवरण प्राप्त भएको छ ।

कृषि विकास निर्देशनालय, नक्कटाझिजका निर्देशक डा. रतन कुमार झाका अनुसार असार तेस्रो सातासम्ममा ४ लाख १५ हजार हेक्टर धानखेतमध्ये आधा जति रोपाइँ सकिएको अनुमान छ ।

यहाँ करिब ६५ प्रतिशत जमिनमा आकासे पानीको भरमा धानखेती हुने गरेको छ । यस वर्ष समयमै पानी परेको हुनाले धमाधम रोपाइँ भइरहेको छ ।

डा. झाका अनुसार समयमै वर्षा भएकाले यस वर्ष धानखती बढ्ने अनुमान छ । गत वर्ष करिव चार लाख हेक्टरमा र त्यअघि तीन लाख ५७ हजार हेक्टरमा मात्रै धान रोपिएको थियो । यस वर्ष करिब चार लाख १५ हजार हेक्टरमा धान रोपिने र कतै पनि खेत बाँझो नरहने अनुमान छ ।
कोरोना महामारीले बेरोजगार भएकाहरु कृषि कर्ममा लागेको पनि डा. झाको भनाइ छ ।

खेतममा किसानहरुलाइै भ्याईनभ्याई भएको छ । बिहान झिसमिसेदेखि साँझसम्म किसानहरू खेतमा व्यस्त देखिन्छन् । कति किसानहरू बिहानको खाना पनि खेतमै खाइरहेका हुन्छन् ।

‘अहिले गाउँमा धान रोपाई गर्न मारामार छ,’ उनले भने, ‘गाउँमा कसैलाई फुर्सद छैन । गाउँमा कोही भट्दैनन् । सबै रोपाईमा व्यस्त छन् ।’

मलमा जालझेल

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर र धनुषाको मिथिला बिहारी नगरपालिकाले मलमा झेल गरेको आरोप किसानहरूको छ । उपमेयर अनिताकुमारी साहले किसानलाई ठग्ने सहकारीमा मल नपठाउन कृषि समाग्री कम्पनी शाखालाई पत्राचार गरेकी थिइन् । आफूले पत्र पठाए पनि मिलेमतोमा जालझेल भएको उपप्रमुख साहले बताइन् ।

निर्देशन कार्यान्वयन नभएको बारे शाखाका प्रबन्ध रामुकमार चौधरीलाई सोद्धा आफूले निर्देशन अनुसार नै काम गरेको भन्ने जवाफ पाएको उपमेयर साहको भनाइ छ । उनका अनुसार प्रबन्धक साहले मेयरको हस्ताक्षर भएको पत्रअनुसार मात्रै आफूले काम गर्ने जानकारी गराए ।

उपमेयर साहले चौधरीको भनाइ उद्धृत गरिन् ‘हामीलाई माथिबाटै निर्देशन छ, किसानलाई मर्का हुन नदिन र मलखाद पठाउन । तपाईं सक्नुहुन्छ भने मेयरको हस्ताक्षरसहितको पत्र पठाउनुस् ।’

मिथिला बिहारी नगरपालिकाका मेयर अनिलकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रलाल कर्णको मिलेमतोमा मलको कालोबजारी हुने गरेको उनको आरोप छ ।

मेयरको सहयोगमा प्रशासकीय अधिकृत कर्णले छोरा राजीव कर्णको नाममा दर्ता रहेको ६ नम्बर वडाको ‘मैत्रीय सहयोगी कृषि सहकारी संस्था लिमिटेड’ लाई मुख्य वितरकको सूचीमा राख्न लगाएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ३६ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन