धानको भण्डार प्रदेश २ मा रोपाइँ धमाधम (फोटोफिचर) « Khabarhub

धानको भण्डार प्रदेश २ मा रोपाइँ धमाधम (फोटोफिचर)


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धान उत्पादनको भण्डार मानिने प्रदेश २ मा खेतीयोग्य जमिनको करिब आधा भाग रोपाइँ सकिन लागेको छ ।

समयमै पानी परेकाले कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशत रोपाइँ सकिएको विवरण प्राप्त भएको छ ।

कृषि विकास निर्देशनालय, नक्कटाझिजका निर्देशक डा. रतन कुमार झाका अनुसार असार तेस्रो सातासम्ममा ४ लाख १५ हजार हेक्टर धानखेतमध्ये आधा जति रोपाइँ सकिएको अनुमान छ ।

यहाँ करिब ६५ प्रतिशत जमिनमा आकासे पानीको भरमा धानखेती हुने गरेको छ । यस वर्ष समयमै पानी परेको हुनाले धमाधम रोपाइँ भइरहेको छ ।

डा. झाका अनुसार समयमै वर्षा भएकाले यस वर्ष धानखती बढ्ने अनुमान छ । गत वर्ष करिव चार लाख हेक्टरमा र त्यअघि तीन लाख ५७ हजार हेक्टरमा मात्रै धान रोपिएको थियो । यस वर्ष करिब चार लाख १५ हजार हेक्टरमा धान रोपिने र कतै पनि खेत बाँझो नरहने अनुमान छ ।
कोरोना महामारीले बेरोजगार भएकाहरु कृषि कर्ममा लागेको पनि डा. झाको भनाइ छ ।

खेतममा किसानहरुलाइै भ्याईनभ्याई भएको छ । बिहान झिसमिसेदेखि साँझसम्म किसानहरू खेतमा व्यस्त देखिन्छन् । कति किसानहरू बिहानको खाना पनि खेतमै खाइरहेका हुन्छन् ।

‘अहिले गाउँमा धान रोपाई गर्न मारामार छ,’ उनले भने, ‘गाउँमा कसैलाई फुर्सद छैन । गाउँमा कोही भट्दैनन् । सबै रोपाईमा व्यस्त छन् ।’

मलमा जालझेल

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर र धनुषाको मिथिला बिहारी नगरपालिकाले मलमा झेल गरेको आरोप किसानहरूको छ । उपमेयर अनिताकुमारी साहले किसानलाई ठग्ने सहकारीमा मल नपठाउन कृषि समाग्री कम्पनी शाखालाई पत्राचार गरेकी थिइन् । आफूले पत्र पठाए पनि मिलेमतोमा जालझेल भएको उपप्रमुख साहले बताइन् ।

निर्देशन कार्यान्वयन नभएको बारे शाखाका प्रबन्ध रामुकमार चौधरीलाई सोद्धा आफूले निर्देशन अनुसार नै काम गरेको भन्ने जवाफ पाएको उपमेयर साहको भनाइ छ । उनका अनुसार प्रबन्धक साहले मेयरको हस्ताक्षर भएको पत्रअनुसार मात्रै आफूले काम गर्ने जानकारी गराए ।

उपमेयर साहले चौधरीको भनाइ उद्धृत गरिन् ‘हामीलाई माथिबाटै निर्देशन छ, किसानलाई मर्का हुन नदिन र मलखाद पठाउन । तपाईं सक्नुहुन्छ भने मेयरको हस्ताक्षरसहितको पत्र पठाउनुस् ।’

मिथिला बिहारी नगरपालिकाका मेयर अनिलकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रलाल कर्णको मिलेमतोमा मलको कालोबजारी हुने गरेको उनको आरोप छ ।

मेयरको सहयोगमा प्रशासकीय अधिकृत कर्णले छोरा राजीव कर्णको नाममा दर्ता रहेको ६ नम्बर वडाको ‘मैत्रीय सहयोगी कृषि सहकारी संस्था लिमिटेड’ लाई मुख्य वितरकको सूचीमा राख्न लगाएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ३६ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले