नागेश्वरी र गोकर्णेश्वरमा ठूलो परिमाणको घरेलु मदिरा नष्ट « Khabarhub

नागेश्वरी र गोकर्णेश्वरमा ठूलो परिमाणको घरेलु मदिरा नष्ट


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका – ६ नागेश्वरी र गोकर्णेश्वर नगरपालिका – ६ मा अवैध रुपमा बनाइएको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरिएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक ढुराण्डीज न्यौपानेको नेतृत्वमा आज खटिएको प्रहरी टोलीले २५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ११ हजार ५० लिटर कच्चा पदार्थ नष्ट गरेको हो ।

काठमाडौँ महानगरपालिका – ६ नागेश्‍वरी गल्ली स्थित गणेश जिम्बाले सञ्चाल गरेको जिम्बा गलैचा कारखाना, सोही स्थानमा रहेको टहरा र गोकर्णेश्‍वर नगरपालिका वडा नं. ६ स्थित कमल फर्निचर भित्र अबैध रुपमा सञ्चालन गरेको तयारी घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।

२५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ११ हजार ५० लिटर फेला पारी जनप्रतिनिधी र स्थानीय बासिन्दाको रोहबरमा सोही स्थानमा पोखी नष्ट गरिएको छ ।

सोही स्थानबाट २०० लिटरको ड्रम ५५ थान, चुल्हो ३ थान, भट्टा ३ थान र ग्यास सिलिण्डर १ थानसमेत बरामद गरिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना