युनिलिभर नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

युनिलिभर नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विभिन्न मेडिकल तथा आपतकालीन उपकरण, जिल्ला प्रशासन कार्यालय हेटौँडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको हो।

विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सनट्रेटर्सको योगदान गरिएको छ ।

माथि उल्लेखित उपकरण तथा सामानहरु मेडिकल क्षेत्रमा अग्र स्थानमा रहि आफ्नो ज्यान जोखिममा राखि काम गर्ने मेडिकल कर्मचारीलाई भाइरसबाट रोकथाम तथा उपचारका लागि अत्यन्तै आवश्यक मेडिकल उपकरणहरु रहेको युनिलिभर नेपालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तर्फबाट मुख्य विशेषज्ञ डा.रोशन पोखरेलले युनिलिभर नेपालको सहयोगप्रति आभार प्रकट गरे ।

उपकरण हस्तान्तरण गर्दै युनिलिभर नेपालका प्रबन्धक अम्लान मुखर्जीले भने, “हाम्रो बुझाईमा वर्तमान समयमा, कोभिडको सिकिस्त केसहरुलाई निरन्तर अक्स्जिनको सप्लाई पुग्ने तरिकाले मेडिकल पूर्वाधारको भार कम गर्नुपर्छ । यस्को निम्ति अरु रोगका उपचारका लागि अक्सिजन थेरापीको उपकरणहरु पर्याप्त मात्रामा हुनुपर्छ ।’

कोभिड सक्रमणका बिरामीहरुलाई हेरचाह गर्नका लागि अति आवश्यक पर्ने प्लान्ट स्थापना गर्नका लागि मेडिकल उपकरणहरु बाहेक युनिलिभरले मकवानपुर (हेटौंडा) मा अक्सिजन प्लान्ट स्थापना गर्न उल्लेख्यनीय आर्थिक सहयोग गरेको छ ।

युनिलिभरले लाइफव्वाय ब्राण्डलाई लिएर महामारीमा सहि व्यवहारको बारे जनचेतना जगाउन विभिन्न संचार माध्यमबाट जनचेतनामूलक अभियान समेत सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : १० बजे

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको

रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनको प्रदर्शन

काठमाडौं– विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : वामदेव गौतम

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले राजनीतिक स्थिरताका