६९८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

६९८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५४३ कोरोना संक्रमितको आईसीयूमा र १५५ को भेन्टिलेटरमा गरी कुल ६९८ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०२ जना आईसीयूमा र ३३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ४ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यसैगरी बागमती प्रदेशमा ३२५ जना आईसीयूमा र ९७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५३  जना आईसीयूमा र ११  जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ३० बजे

सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकसहित १५ जना घाइते

सिन्धुली- काठमाडौंबाट विराटनगरका लागि छुटेको एउटा माइक्रोबस सिन्धुलीका माइक्रोबस दुर्घटना

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा

रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित

काठमाडौं- चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको

शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौं- उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका