सर्लाहीमा २ थान पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

सर्लाहीमा २ थान पेस्तोलसहित ३ जना पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ब्रहमपुरी गाउँपालिका-२ स्थित ब्रहमपुरी(मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् ।

बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार बोकी भारतबाट नेपालतर्फ आउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ४५ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले