लुम्बिनीमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण « Khabarhub

लुम्बिनीमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ ।

शनिबार कपिलवस्तु नगरपालिका – ५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन् हुने बताए । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमा सहितको पार्कले ध्यान खिच्ने उनको भनाइ छ ।

अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ । कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो । यस अघि बर्मामा कनकमणिको मुर्ति स्थापना गरिएको थियो । मुर्तिसहित बगैँचाको समेत उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार