‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि टुंगो लाग्ने « Khabarhub

‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि टुंगो लाग्ने


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको ‘निर्णयक’ हुने भनिएको आजको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

आज बसेको कार्यदलको बैठकमा समेत विवाद समाधानको प्रयास असफल भएपछि भोलि फेरि बैठक बस्ने गरी सकिएको छ ।

बैठकमा भएको छलफल सकारात्मक भएको र भोलि सहमति हुने नेता गोकर्ण विष्टले जानकारी दिए । उनले भने,‘एमालेभित्रको अविश्वास कम भएको छ । सार्थक परिणाम भोलि नै सुन्न पाउनुहुन्छ ।’

नेता विष्टले भोलिसम्ममा विवाद समाधान हुने समेत दाबी गरे ।

उनले भने,‘विवाद समाधानको अन्तिम विन्दुसम्म आइपुगेका छौं । एक हदसम्म निष्कर्षमा पुग्यौं । पार्टीभित्र देखिएको असामन्य अवस्था समाधानका लागि जुन ढंगले काम गर्नुपर्थ्यो त्यसका कारण केही लामो समय लाग्यो । पार्टीभित्र देखिएको विवादलाई एकठाउँमा ल्याएर आजै सक्छौँ भन्ने चाहना थियो । तर केही समय पार गर्नुपर्ने अवस्था देखापरेको थियो । अब भने लगभग अन्तिम निष्कर्षमा आएका छौं । एमालेलाई एकतावद्ध बनाएर भोलि सार्थक सन्देश दिने अवस्थामा आइपुगेका छौं ।’

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका कारण विवाद समाधान नभएको भन्ने भनाइमा सत्यता नरहेको नेता विष्टले दाबी गरे ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भिम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल,सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगायत पाँच जना सहभागी भएका थिए ।

यसैगरी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप कुमार ज्ञवाली, स्थायी कमिटी सदस्य विष्णु रिमाल लगायत ९ जनाको उपस्थिति रहेको थियो ।

आजको बैठकमा कार्यदल सदस्य नभए पनि एमाले नेता भिम आचार्य पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ३७ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध