‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि टुंगो लाग्ने « Khabarhub

‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि टुंगो लाग्ने


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको ‘निर्णयक’ हुने भनिएको आजको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

आज बसेको कार्यदलको बैठकमा समेत विवाद समाधानको प्रयास असफल भएपछि भोलि फेरि बैठक बस्ने गरी सकिएको छ ।

बैठकमा भएको छलफल सकारात्मक भएको र भोलि सहमति हुने नेता गोकर्ण विष्टले जानकारी दिए । उनले भने,‘एमालेभित्रको अविश्वास कम भएको छ । सार्थक परिणाम भोलि नै सुन्न पाउनुहुन्छ ।’

नेता विष्टले भोलिसम्ममा विवाद समाधान हुने समेत दाबी गरे ।

उनले भने,‘विवाद समाधानको अन्तिम विन्दुसम्म आइपुगेका छौं । एक हदसम्म निष्कर्षमा पुग्यौं । पार्टीभित्र देखिएको असामन्य अवस्था समाधानका लागि जुन ढंगले काम गर्नुपर्थ्यो त्यसका कारण केही लामो समय लाग्यो । पार्टीभित्र देखिएको विवादलाई एकठाउँमा ल्याएर आजै सक्छौँ भन्ने चाहना थियो । तर केही समय पार गर्नुपर्ने अवस्था देखापरेको थियो । अब भने लगभग अन्तिम निष्कर्षमा आएका छौं । एमालेलाई एकतावद्ध बनाएर भोलि सार्थक सन्देश दिने अवस्थामा आइपुगेका छौं ।’

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका कारण विवाद समाधान नभएको भन्ने भनाइमा सत्यता नरहेको नेता विष्टले दाबी गरे ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भिम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल,सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगायत पाँच जना सहभागी भएका थिए ।

यसैगरी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप कुमार ज्ञवाली, स्थायी कमिटी सदस्य विष्णु रिमाल लगायत ९ जनाको उपस्थिति रहेको थियो ।

आजको बैठकमा कार्यदल सदस्य नभए पनि एमाले नेता भिम आचार्य पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ३७ बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का