फेरि बहुमतका साथ प्रधानमन्त्री बन्छु : केपी ओली (भिडियो) « Khabarhub

फेरि बहुमतका साथ प्रधानमन्त्री बन्छु : केपी ओली (भिडियो)


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु फेरि असाधारण बहुमतका साथमा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू प्रधानमन्त्री हट्नु कुनै चिन्ताको विषय नरहेको बताए । उनले आगामी चुनावबाट असाधारण जनमतसहित सरकारको नेतृत्वमा मुलढोकाबाट प्रवेश गर्ने दाबी समेत गरे । उनले भने, ‘फेरि पनि मुलढोकाबाट असाधारण जनतका साथ प्रवेश गरिनेछ । जस्केलाबाट होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू जनादेशबाट प्रधानमन्त्री भएको भएपनि अदालतले हटाएको बताए ।

उनले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मलाई काम हेरेर नेपाली जनताले प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीका नेताहरुको कुण्ठाबाट प्रधानमन्त्री बनेको होइन । परमादेशबाट हैन, जनादेशबाट प्रधानमन्त्री भएको होइन । जाली मुद्धाबाट प्रधानमन्त्री बनेको होइन । नेपाली जनताले ममाथी विश्वास गरेर ससुम्पिएको जिम्मेवारी हो ।’

सर्वोच्च अदालतको फैसला समेत अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे । उनले भने,‘विश्वमा पहिलो रेकडै बनेको छ । अदालतबाट प्रधानमन्त्री नियुक्त हुने । अदालतलाई धेरै विवादमा ल्याउनु जरुरी छैन । प्रधानमन्त्रीबाट हट्न परेकोमा चिन्ता छैन । अदालतजस्तो सबैले विश्वास गनुपर्ने संस्थाका बारेमा अविश्वास नआओस् भन्ने चिन्ता मेरो छ । लोकतन्त्रमा मेरो चिन्ता छ ।’

सरकार गठन भएको एक महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नु सरकारको असफलता रहेको समेत उनले टिप्पणी गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : १७ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश