संसदमा ओलीको प्रश्न– एमसीसी पास गर्ने कि के गर्ने ? « Khabarhub

संसदमा ओलीको प्रश्न– एमसीसी पास गर्ने कि के गर्ने ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका बारेमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा कुनै पनि विषय समावेश नभएको बताए । उनले एमसीसी पास गर्ने वा के गर्ने भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले भने, ‘साझा कार्यक्रममा साना मसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो । एमसीसीका बारेमा संयुक्त सरकारको साझा कार्यक्रममा खै ? एमसीसी बिर्सिनुभयो कि के हो ? एमसीसी मैले त देखिन ।’

आफुले बोलेका केही क्लिप देखाएर एमसीसी पारित गर्ने वातावरण बनाउन खोजेको समेत उनले बताए । उनले भने, ‘केपी ओलीले एमसीसी पारित गनुपर्छ भनेर मेरो क्लीप खोजेर वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ? भन्नुपरेन । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसीसी ?’

अहिलेको सत्तारुढ दलसँग १ सय ६५ सांसद रहेको भन्दै गठबन्धनको धारणा आउनुपर्ने समेत बताए । उनले भने, ‘ तपाईसँग १ सय ६५ को सवल जथ्थाले के भन्छ ? पास गर्ने वा के गर्ने ? सरकारमा त जस्केलाबाट जानुभयो, सबैकुरामा जस्केलाबाट छिर्ने काम नगरौँ ।’

अध्यक्ष ओलीले भारतसँग कुटनीतिक वार्ता गरेर लिम्पियाधुरा, कालापानीका विषयमा समेत स्पष्ट कुरा गर्ने विषय साझा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको आलोचना गरे ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ३४ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि