महाकाली तुइन घटना : बेपत्ता धामीको अवस्था अज्ञात, छानबिन टोली छलफलमा « Khabarhub

महाकाली तुइन घटना : बेपत्ता धामीको अवस्था अज्ञात, छानबिन टोली छलफलमा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज बैतडीमा छलफल गरेको छ ।

गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त टोलीले बैतडीका सुरक्षा अधिकारीसँग छलफल गरेको हो ।

बेपत्ता रहेका जयसिंहको खोजतलास गर्ने विषयमा छलफल भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात रहेकाले खोजतलासमा तीव्रता दिने विषयमा छलफल भएको बताइएको छ । टोलीले बैतडीको महाकाली नदी किनार झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो ।

उनले भने, “अन द स्पट गृहको टोली खोजी गर्न झुलाघाट क्षेत्रमा पुग्यो, भेट्टिएनन् ।” बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमितरुपमा खोजी गर्ने भएको छ ।

छलफलपश्चात गृहको टोली बैतडीबाट फर्किएको छ । समितिले कञ्चनपुरसम्म महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने भएको छ ।

भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको बताइन्छ ।

बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ ।

सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव गौतम नेतृत्वमा गठन गरेको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन् ।

साउन १९ गते दार्चुला पुगेको उक्त छानबिन टोलीले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।

टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।

टोलीले घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । टोलीलाई घटनाको प्रतिवेदन बुझाउने समय यही साउन २७ सम्म रहेकोमा सात दिन थप गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ०१ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ