महिला अधिकारको समाचार लेख्ने दुई पत्रकारमाथि तालिबानको यस्तो क्रुरता (फोटोफिचर) « Khabarhub

महिला अधिकारको समाचार लेख्ने दुई पत्रकारमाथि तालिबानको यस्तो क्रुरता (फोटोफिचर)


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा तालिबानले दुई जना पत्रकारमाथि निर्घात कुटपिट गरेको भिडियो तथा तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

राजधानी काबुलको एक पुलिस स्टेशनमा तालिवानहरुले ती दुई जना पत्रकारलाई बन्धक बनाएर मरणासन्न हुनेगरी कुटपिट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काबुलमा आफ्नो अधिकारका लागि प्रदर्शनमा उत्रिएका महिलाहरुको समाचार संकलन गरेको अभियोगमा ती दुई जना पत्रकारलाई हिरासतमा लिएर चरम यातना दिइएको समाचारमा जनाइएको छ ।

ताकी दारयबी नाम गरेका पत्रकारले आफूलाई हिरासतमा सात/आठ जना तालिबानी लडाकुको समूहले निर्घात कुटपिट गरेको बताएका छन् । उनका अनुसार तालिबानीहरुले लौराले सक्दो प्रहार गरेका थिए र मरे भनेर मात्र कुट्न छाडेका थिए ।

कुटपिट पश्चात दुबै पत्रकारलाई अन्य कैदीहरु रहेको कोठामा लगेर राखिएको थियो । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने ती दुई जना पत्रकारले कुटाइ खाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका विभिन्न तस्वीरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ ।

महिला अधिकारबारे समाचार लेख्ने उनीहरुलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेको जनाइएको छ । कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्ममार रातो तथा निल डाम देखिन्छ ।

तालिबान लडाकूहरुले कुटपिट गरेपछि दुई अफगान पत्रकारहरु गम्भीर घाइते भएका छन्। फोटोग्राफर नेमतुल्लाह नकदी र रिपोर्टर ताकी दर्याबीले आफूहरुमाथि निर्घात कुटपीट भएको बताएका हुन् । तालिवान लडाकुहरुले आफूहरुमाथि लाठी, बिजुलीको तार र कोर्रा हानेर मरणासन्न बनाएको उनीहरुले बताएको इन्डिया डटकमले जनाएको छ ।

काबुलमा महिला आन्दोलनको समाचार संकलन गरेकै कारण तालिबान सुरक्षा बलले हिरासतमा लिएको र कुटपीट गरेको ह्युमन राइट्स वाचलाई उद्धृत गर्दै  इन्डिया डटकमले जनाएको हो ।

यसैगरी भारतीय सञ्चार माध्यम दैनिक ट्रिब्यूनले पनि अफगानिस्तानमा महिला तथा बालबालिकाहरुकाे हकका लागि भएको प्रदर्शनको समाचार संकलनका क्रममा ती दुई जना पत्रकारहरुलाई हिरासतमा लिएर चरम यातना दिएको समाचारमा उल्लेख गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा ती पत्रकारमाथिकाे तालिबानको चरम यातनाको विरोध भएको छ । ट्वीटरमा मार्कस यम भन्ने व्यक्तिले उक्त घटना निकै दुखदायी भएको भन्दै यस्तो लेखेका छन्-

द गार्जिएनले समेत ती दुई पत्रकारमाथि हिंस्रक आक्रमण भएको जनाएको छ । उसले पत्रकारहरुमाथि भएको चरम यातनाको एक भिडियो समेत आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।

पत्रकारमाथि तालिवानले गरेको यो हर्कतको अहिले चौतर्फी विरोध भएको छ । अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै पत्रकारमाथिको क्रुरता बढेको जनाइन्छ ।

अफगानिस्तानमा तालिबानको कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै गत बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरुलाई समेत गिरफ्तार गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ५६ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप