नयाँ ‘लुक्स’मा देखिए कोरियाली नेता किम « Khabarhub

नयाँ ‘लुक्स’मा देखिए कोरियाली नेता किम


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन् ।

लामो समयपछि सार्वजनिका कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो । पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ । एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । उनले अस्वभाविक तौल घटेको एक दक्षिण कोरियाली सांसदले समेत बताएका छन् ।

हल्का खैरो र सेतो रंगको सुट लगाएका किम सो कार्यक्रममा केही बोलेनन् । मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिभादन गरेका थिए । अत्यधिक चुरोट पिउने र शारीरिक रुपमा भद्दा किमको ‘लुक्स’ पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ ।

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिंदा किमको टाउको पछाडिको भागमा ब्यान्डेज टाँसिएको थियो । उनी गम्भीर बिरामी परेको हुनसक्ने अनुमान गरिएको थियो । उनको हातको नाडिमा सुई लगाएको दाग देखिएको थियो । किमको मुटुको शल्यक्रिया भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका थिए । उनको वंश नै ह्यदयाघातबाट पीडित छ ।

सैन्य परेडमा यसअघि जस्तो नयाँ हतियार प्रदर्शन र आणविक शक्तिको रबाफ देखिदैनथ्यो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : १६ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी