मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित « Khabarhub

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेका हो ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा गरेका थिए । दोस्रो गोल एकल प्रयासमा सम्भव भयो भने तेस्रो गोल बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको हो । बिहान भएको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : २३ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार