अमेरिककी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच टेलिफोन वार्ता « Khabarhub

अमेरिककी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच टेलिफोन वार्ता


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।

दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो ।

व्यापार, जासुस र कोभिडलगायतका विषयबारे दुई देशबीचको तनाब बढ्दो छ । शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्प्रर्धा छ । प्रतिष्प्रर्धालाई द्वन्द्वमा रुपान्तरण हुनबाट जोगाउने बारेमा विषयमा दुई नेताबीच छलफल भएको थियो ।

यसै वर्षको सुरुमा बाइडेन प्रशासन र चिनियाँ प्रतिनिधिबीच भएको एउटा उच्च तहको वार्तामा तनाब देखिएको थियो । दुबै देशका अधिकारीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका थिए । अमेरिकाले अन्य देशलाई चीनमाथि हमला गर्न दुरुत्साहन गरेको चिनियाँ अधिकारीले अमेरिकालाइ आरोप लगाएका थिए । अर्कोतर्फ, अमेरिकाले जासुसी गरेको बेइजिङको आरोप थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क