अमेरिककी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच टेलिफोन वार्ता « Khabarhub

अमेरिककी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच टेलिफोन वार्ता


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।

दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो ।

व्यापार, जासुस र कोभिडलगायतका विषयबारे दुई देशबीचको तनाब बढ्दो छ । शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्प्रर्धा छ । प्रतिष्प्रर्धालाई द्वन्द्वमा रुपान्तरण हुनबाट जोगाउने बारेमा विषयमा दुई नेताबीच छलफल भएको थियो ।

यसै वर्षको सुरुमा बाइडेन प्रशासन र चिनियाँ प्रतिनिधिबीच भएको एउटा उच्च तहको वार्तामा तनाब देखिएको थियो । दुबै देशका अधिकारीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका थिए । अमेरिकाले अन्य देशलाई चीनमाथि हमला गर्न दुरुत्साहन गरेको चिनियाँ अधिकारीले अमेरिकालाइ आरोप लगाएका थिए । अर्कोतर्फ, अमेरिकाले जासुसी गरेको बेइजिङको आरोप थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ३० बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।