साँझ ६ बजे बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक « Khabarhub

साँझ ६ बजे बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरूको नाम


२५ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलो भइरहेको भन्दै प्रधानमन्त्री देउवाले छिटो मन्त्रीहरू टुंगो लगाउन नेताहरूलाई आग्रह गरेको उनले बताइन् । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिइन् ।

बिहान समय अभावका कारण छलफल नटुंगिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने जनाइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए ।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा अहिले चार मन्त्री र एक जना राज्यमन्त्रीले सरकार चलाइरहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ११ : ३० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया