देउवालाई पौडेलको ध्यानाकर्षण : अधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस् « Khabarhub

देउवालाई पौडेलको ध्यानाकर्षण : अधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस्


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा पार्टीको महाधिवेशनमा राज्यको पुलिस प्रशासनको दुरुपयोग हुन नदिन ध्यानाकर्षण गराएका छन् । पौडेलले देउवालाई भेटेर ध्यानाकर्षण गराएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच आज वडा तहको अधिवेशन भइरहेको छ । जबकि कांग्रेस जिल्ला समितिले अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो । यही सन्दर्भलाई लिएर पनि पौडेल समूह देउवालाई भेट्न बालुवाटार पुगेको हो ।

नेता पौडेलले आफूहरूले सभापति देउवाको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस्, पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं,’ पौडेलले फेसबुकमा लेखेका छन्

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : ४८ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई