एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो) « Khabarhub

एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो)

प्रेम सुवाल र सभामुख सापकोटाबीच सवालजवाफ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।

त्यसपछि पनि एमाले सांसदहरुको नाराबाजी जारी रह्यो । तर, अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरे । सभामुख अग्नि सापकोटाले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई निर्णार्थ पेश गरे । ध्वनी मतले सो प्रस्ताव पारित गरियो ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने अध्यादेश पनि पेश गरे । उनको यो प्रस्ताव पनि एमालेको नाराबाजीकै बीच ध्वनी मतले पारित गरिएको छ । विनियोजन अध्यादेश पनि एमाले सांसदको विरोधबीच पारित गरिएको छ ।

यसअघि यी तीन अध्यादेशमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राख्ने कार्यसूची थियो । तर, एमाले सांसदको नाराबाजीका कारण सुवालले रोष्टमा गएर आफ्नो प्रस्ताव पेश गर्न पाएनन् ।

उनले सभामुख सापकोटासँग रोष्टममा गएर प्रस्ताव पेश गर्ने वातावरण बनाउन आग्रह गरे । तर सभामुखले यथास्थानबाटै प्रस्ताव पेश गर्न रुलिङ गरे । सांसद सुवालले रोष्टमको व्यवस्था गर्न बारम्बार आग्रह गरे । तर सभामुखले फेरि यथा स्थानबाटै विरोधको प्रस्ताव पेश गर्न भने । यसपछि भने सांसद सुवालले अघिल्ला दुईवटा प्रस्ताव पेश नै गरेनन् ।

तेस्रो अध्यादेश विनियोजन अध्यादेशमा भने उनले यथा स्थानबाटै प्रस्ताव पेश गरे । उनले समय धेरै लिएकाले उनको माइक काटिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : २८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले