एमाले कैलालीको समानान्तर कमिटी नेकपा (एस) परिणत « Khabarhub

एमाले कैलालीको समानान्तर कमिटी नेकपा (एस) परिणत


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रतिनिधिसभा विघटनपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।

शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले यसअघि संसद विघटनको विरोध गर्न गठन गरिएको समानान्तर कमिटीलाई नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए । माधव समूहले कैलालीमा १ सय ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो ।

कमिटीका अध्यक्ष एमालेका तत्कालीन जिल्ला अध्यक्षसमेत रहेका दीर्घ सोडारी बनेका थिए । सोडारीको नेतृत्वमा एमालेको नवौं महाधिवेशनबाट ९६ सदस्यीय कमिटी निर्वाचित भएको थियो । सोडारी एमालेबाट प्रदेशसभा सदस्य बन्दै भौतिक पूर्वाधार मन्त्री छन् । निर्वाचित अध्यक्ष नै नेकपा ९एस०मा लागेपछि एमालेका अधिकांश पदाधिकारीसमेत सोही पार्टीमा लागेका छन् ।

एमाले कैलालीका ९६ मध्ये ५६ जना कार्यसमिति सदस्यले नेकपा ९एस० रोजेका छन् । एमाले कैलालीमा सोडारीबाहेक निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन् । एमालेमा विवाद हुँदा सोडारीको नेतृत्वमा बनेको समानान्तर कमिटी नै नेकपा (एस) मा आएको सचिव जोशीको दावी छ ।

समानान्तर कमिटीलाई नेकपा ९एस०मा परिणत गरिएसँगै शुक्रबार नै नेकपा (एस) को प्रथम जिल्ला बैठक बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पुराना नेता दिनेशचन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालीन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति रहेको थियो । न्युज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : २६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र