पपुवा न्यूगिनीविरुद्ध नेपाल ब्याटिङ गर्दै  « Khabarhub

पपुवा न्यूगिनीविरुद्ध नेपाल ब्याटिङ गर्दै 


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ थालेको छ ।

शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरू भएको हो ।

दोस्रो खेलमा विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले स्थान बनाएका छन् । चोटका कारण उपकप्तान दिपेन्द्र सिंह ऐरीले आराम गर्नेछन् । यस्तै शरद भेषावकर, आरिफ शेख र पवन सरार्फ भने सुरुवाती –११ बाहिर रहनेछन् ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएकाे थियो । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।

नेपालले पपुवा न्युगिनीसँगको खेलपछि आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु