एमसीसीबारे महावीर पुनको धारणा : अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ « Khabarhub

एमसीसीबारे महावीर पुनको धारणा : अनुदान लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे हुन्छ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले एमसीसीबारे आफ्नो धारण ६ बुँदामा फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

उनले शर्तसहितको कुनै पनि दान वा अनुदान लिने पक्षमा आफू पहिले पनि नभएकार र अहिले पनि नरहेको बताएका छन् । उनले लेखेका छन्, ‘कसैले शर्त राखेर दान/अनुदान दिन्छ भने मैले त्यस्तो दान अनुदान पटक्कै लिदैँन ।’

उलने देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने एमसीसीजस्ता अनुदानहरु लिनु पर्दैन र कसैले पनि राजनैतिक हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् , ‘अनुदानहरु नै लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे पनि हुन्छ । अनुदान लिने बानी गर्यो भने देश कहिल्यै पनि स्वाभिमानी र स्वावलम्वी बन्दैन ।’

यस्ता अनुदानले देशको अस्तित्व जहिले पनि खतरा पर्न सक्ने उनको धारणा छ । देशलाई वैदेशिक हस्तक्षेप र खतराबाट मुक्त गर्न आर्थिक विकास गरेर समृद्ध बनाउनु भन्दा अर्को विकल्प नभएको समेत उनको तर्क छ ।

उनले लेखेका छन् , ‘नत्र भने अहिलेको जस्तै भाँडभैलो हुन्छ र देशको अस्तित्व कालान्तरमा रहँदैन ।’

उनले सामाजिक सञ्जालमा यस्तो धारणा सार्वजनिक गरेका छन्-

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : २६ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले