विश्व खाद्य दिवस महिनाव्यापी मनाइने « Khabarhub

विश्व खाद्य दिवस महिनाव्यापी मनाइने


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य सुरक्षाका लागि काम गर्दै आएका विभिन्न संघ संस्थाहरुले यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी मनाउने भएका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले खाद्यका लािग कृषि अभियानका रुपमा दिवसलाई महिनाव्यापी मनाउने जनाएका हुन् ।

यस वर्ष “हाम्रो पहल : सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण” भन्ने नाराका साथ अक्टोबर १० तारिकमा विश्व खाद्य दिवस मनाइँदैछ ।

यस वर्ष नेपालको कृषि खडेरी र अतिवृष्टि दुवैको शिकार भएको तथा कृषि क्षेत्रमा विभिन्न समस्या आएकाले जिम्मेवार निकायको ध्यानाकर्षण गराउन र खानाका लागि विभिन्न आयामहरुका बारेमा जनशिक्षा दिन महिनाव्यापी रुपमा दिवस मनाउन लागिएको फियान नेपालका कार्यक्रम अधिकृत लक्ष्मी गुरुङले जानकारी दिइन् ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका