कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो « Khabarhub

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो काठमाडौँ– नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुस्त ब्याटिङ गरेको छ ।

ओमानमा भइरहेको डे नाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दा सुरुमै विकेट गुमाउन पुग्यो । ६ रनमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अर्का ओपनर आरिफ शेखलाई ९ को स्कोरमा गुमायो ।

त्यसपछि नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासे । मल्ल अर्धशतक बनाउनबाट चुके । उनी ७० बलमा ४५ रन बनाएर आउट हुँदा नेपालको स्कोर ९८ रन थियो । मल्ल र रोहितबीच ८९ रनको साझेदारी भएको थियो ।
नेपालले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाए र २९ ओभरमा ११९ रन बनाएको छ ।

रोहित पौडेल ४१ रन बनाएर खेलिरहेका छन् । उनलाई बिनोद भण्डारीले साथ दिइरहेका छन् । नेपालले पहिलो खेल २ विकेटले जितेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु