सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो टर्च र्‍याली (फोटोफिचर) « Khabarhub

सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो टर्च र्‍याली (फोटोफिचर)


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार कहाँ छ ? भन्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा टर्च र्‍याली निकालेको छ ।

सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल देखि नयाँ बानेश्वरसम्म टर्च र्‍यालीको आयोजना गरेको हो ।

र्‍याली नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुग्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

झडपका कारण केहीवे वानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । झपडका क्रममा केही घाइते भएका छन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्ध नारावाजी समेत गरेका थिए । त्यस्तै उनीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।

आजै सरकारविरुद्ध एमालेले सदनमा र भ्रातृ संगठनले सडकमा विरोध जनाएका हुन् ।

हेरै तस्वीर

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : २४ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका