मदन–आश्रितको शालिक अनावरण « Khabarhub

मदन–आश्रितको शालिक अनावरण


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको शालिक अनावरण गरिएको छ ।

सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको मदन–आश्रित हरित पार्कमा निर्माण भएको शालिकको आज सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन भक्तपुर जिल्ला अध्यक्ष शशीजङ्ग थापाले संयुक्तरुपमा अनावरण गरेका हुन् ।

फाउण्डेसन भक्तपुरको व्यवस्थापन तथा सूर्यविनायक नगरपालिका–४ को आयोजनामा भएको कार्यक्रममा २०५० सालमा निर्माण भएको भूकम्पले भत्किएर जीर्ण बनेको मदन–आश्रित विश्राम स्थल, मदन–आश्रित हरित पार्कको पुनःनिर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा सांसद बस्नेतले मदन भण्डारी व्यक्ति नभई विचार भएको भन्दै जनताको बहुदलीय जनवाद मान्दै आएको एमाले आजसम्म त्यसैको अनुशरण गर्दै उपलब्धी हासिल गर्दै आएको चर्चा गरे ।

प्रदेशसभा सदस्य थापाले प्रदेशको करिब ८० लाखको बजेटबाट दक्षिण बाराही पार्क, २० लाखको बजेटबाट मदन–आश्रित हरित पार्क, शालिक, विश्रामस्थलको पुनःनिर्माण र ढुङा छपाइ गरेर थोरै रकमबाट पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : १५ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी