मदन–आश्रितको शालिक अनावरण | Khabarhub Khabarhub

मदन–आश्रितको शालिक अनावरण


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको शालिक अनावरण गरिएको छ ।

सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको मदन–आश्रित हरित पार्कमा निर्माण भएको शालिकको आज सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन भक्तपुर जिल्ला अध्यक्ष शशीजङ्ग थापाले संयुक्तरुपमा अनावरण गरेका हुन् ।

फाउण्डेसन भक्तपुरको व्यवस्थापन तथा सूर्यविनायक नगरपालिका–४ को आयोजनामा भएको कार्यक्रममा २०५० सालमा निर्माण भएको भूकम्पले भत्किएर जीर्ण बनेको मदन–आश्रित विश्राम स्थल, मदन–आश्रित हरित पार्कको पुनःनिर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा सांसद बस्नेतले मदन भण्डारी व्यक्ति नभई विचार भएको भन्दै जनताको बहुदलीय जनवाद मान्दै आएको एमाले आजसम्म त्यसैको अनुशरण गर्दै उपलब्धी हासिल गर्दै आएको चर्चा गरे ।

प्रदेशसभा सदस्य थापाले प्रदेशको करिब ८० लाखको बजेटबाट दक्षिण बाराही पार्क, २० लाखको बजेटबाट मदन–आश्रित हरित पार्क, शालिक, विश्रामस्थलको पुनःनिर्माण र ढुङा छपाइ गरेर थोरै रकमबाट पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : १५ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित