पीएनजीविरुद्धको शृंखला कब्जा, दोस्रो खेलमा नेपालको शानदार जित « Khabarhub

पीएनजीविरुद्धको शृंखला कब्जा, दोस्रो खेलमा नेपालको शानदार जित

६ विकेट लिएका सन्दीप म्यान अफ द म्याच


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको शृंखला पनि २–० ले जितेको छ ।

ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै अलआउट भयो ।

नेपालका लागि स्टार स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ५ ओभर १ बल बलिङ गर्दै ११ रन दिएर ६ विकेट लिए । सन्दीपको स्पीन अगाडि टिक्न नसकेपछि पीएनजीका ब्याटरले आत्मसमर्पण गरेका थिए । सन्दीपले पहिलो खेलमा पनि ४ विकेट लिएका थिए । पहिलो खेलमा पनि म्याद अफ द म्याच बनेका सन्दीप दोस्रो खेलमा पनि म्यान अफ द म्याच भए ।

नेपाललाई शृंखला जिताउनेक्रममा सोमपाल कामी, बिक्रम सोब र सुशान भारीले १–१ विकेट लिए । पीएनजीका एक खेलाडी रन आउट भएका थिए । दिएको छ । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाएका थिए ।

अन्य ब्याटर नेपाली बलिङ आक्रमणका अगाडि टिक्न सकेनन् । नेपालले पहिलो डेनाइट एक दिवसीय खेलमै जित हात पारेको हो ।

यसअघि नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो शान्त इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

पौडेललाई करण केसीले उत्कृष्ट साथ दिए । कुनै बेला २ सयको स्कोरसम्म पुग्न नेपाललाई कठिन देखिएका बेला मैदानमा आएदेखि नै करणले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ४२ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

९ को स्कोरमा दुबै ओपनर गुमाएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासेका थिए । रोहितसँग ८९ रनको साझेदारी गरेका मल्लले ७० बलमा ४५ रन बनाएका थिए ।

यस्तै विनोद भण्डारीले १७ रन बनाए भने सोमपाल कामीले ११ रनको योगदन दिए । सन्दीप लामिछाने र सुशान भारी शून्यमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन।

पीएनजीका लागि चाड सोपरले ३ विकेट लिए । ओमानमा रहँदा अब नेपालले आईसीसी विश्व च्याम्पियन्स लिग अन्तर्गत ओमान र अमेरिक सम्मिलित त्रिकोणीय शृंखला खेल्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु