पृथ्वीराजमार्ग तनहुँखण्ड : खाल्डाखुल्डीले दुर्घटनाको जोखिम | Khabarhub Khabarhub

पृथ्वीराजमार्ग तनहुँखण्ड : खाल्डाखुल्डीले दुर्घटनाको जोखिम


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न  वर्षेनी करोडौ लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन ।

पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ ।

जिल्लाका कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ । ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताए ।

‘सडकको खाल्डाखुल्डीले निकै सास्ती छ, बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो छ,’ उनले भने, ‘भनेको समयमा पुग्न सकिदैन । खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई पनि सास्ती भइरहेको छ ।’  पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उनले गुनासो गरे ।

राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताए । ‘राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ ,’ उनले भने, ‘सम्ब्न्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ ।’

पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीले जानकारी दिए । पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको उनले स्पष्ट पारे ।

‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौँ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौ,’ उनले भने ।

क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनले बताए । ‘कार्यालयलाई अहिले सडक मर्मतका लागि पैसा आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभए पनि खाल्डा पुर्न थालेका हौ,’ उनले भने ।

राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक (एडीबी)को  सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ ।

गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।

बाउन्न वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ । सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : ५९ बजे

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको

यी भूभागमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक

लण्डन – अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिप बनेको

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय