थुनुवाको मुत्यु प्रकरण: इनरुवामा तनाव « Khabarhub

थुनुवाको मुत्यु प्रकरण: इनरुवामा तनाव


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि आइतबार बिहानैदेखि इनरुवा तनावग्रस्त बनेको छ ।

१२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा जुलुस लगाउँदै आन्दोलित भएका हुन् ।

उनी हिरासतबाट छुट्ने दिनमै मृत्यु भएपछि आफन्तले षड्यन्त्र भएको आरोप लगाएका छन् । इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरीकाअनुसार एकजना खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिए । तर, प्रहरीले धनकुटाबाट पक्राउ गरेर ल्याएको थियो । विवाहका लागि केटीको उमेर नपुगेकाले प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिए । मियाँलाई भने प्रहरी र केटीपक्षले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए ।

प्रहरीले मृतकका आफन्तसँग वार्ताको तयारी गरेको छ । वार्तापछि मात्र मियाँको शव उठाएर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : २४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा