थुनुवाको मुत्यु प्रकरण: इनरुवामा तनाव « Khabarhub

थुनुवाको मुत्यु प्रकरण: इनरुवामा तनाव


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि आइतबार बिहानैदेखि इनरुवा तनावग्रस्त बनेको छ ।

१२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा जुलुस लगाउँदै आन्दोलित भएका हुन् ।

उनी हिरासतबाट छुट्ने दिनमै मृत्यु भएपछि आफन्तले षड्यन्त्र भएको आरोप लगाएका छन् । इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरीकाअनुसार एकजना खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिए । तर, प्रहरीले धनकुटाबाट पक्राउ गरेर ल्याएको थियो । विवाहका लागि केटीको उमेर नपुगेकाले प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिए । मियाँलाई भने प्रहरी र केटीपक्षले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए ।

प्रहरीले मृतकका आफन्तसँग वार्ताको तयारी गरेको छ । वार्तापछि मात्र मियाँको शव उठाएर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : २४ बजे

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको