दशैँ मनाउन स्वदेश फर्किँदाको खुसी « Khabarhub

दशैँ मनाउन स्वदेश फर्किँदाको खुसी



काठमाडौँ– नेपालीको महान पर्व दशैँ भित्रिएको छ । काठमाडौँ लगायतका विभिन्न शहरमा अस्थायी बसोबास गर्नेहरू दशैँमा घर फर्किने क्रम बढेको छ । विदेशमा रहेका नेपालीहरू पनि सकेसम्म स्वदेश आउँछन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वदेश फर्कनेको चहलपहल देखिन्छ । विमानस्थल पुग्दा विदेशबाट आएकाहरू खुसी देखिन्थे ।

हातमा लगेज गुडाउँदै हसिलो चेहरामा गेटबाट बाहिर निस्किरहेका मानिसहरू । साच्चै त्यो दृश्यले चाडपर्वको रौनक झल्काएको थियो । परदेशबाट आफन्त र परिवारसँग रमाउन दशैँ मनाउन आउनेहरूको मुहारमा खुसी देखिन्थ्यो ।

यसरी आउनेमा धेरै जसो विदेशमा रोजगारी गुमाएका, करार अवधि सकिएका र दशैँ मनाउन भनेर घर आएकाहरू थिए ।

रोजगारी गुमेर आउनु परेको भए पनि सुरक्षितरूपले मातृभूमि टेक्न पाएकोमा उनीहरूको मुहारमा चमक देखिन्थ्यो ।

त्यति मात्र होइन परदेशदेखि स्वदेश आउनेभएपछि विभिन्न ठाउँबाट परिवारहरू विमानस्थलमा स्वागत गर्न बसेका थिए ।

पाल्पाका दिलबहादुर मगर युएईबाट दशैँ मनाउन बिहीवार स्वदेश फर्किए । अन्य समयमा स्वदेश फर्किदाभन्दा दशैँमा जन्मभूमी टेक्न पाउँदा भाग्यमानी महशुस हुने उनले बताए ।

उनी युएईस्थित एक स्टिल कम्पनीमा काम गर्छन् । उनी एक महिनाको बिदामा स्वदेश फर्किएका हुन् । अन्य वर्षमा दशैँमा कहिल्यै स्वदेश फर्किन नपाउने उनलाई यसपाली अचानक यही बेला छुट्टी मिल्यो ।

‘१२ वर्ष भयो परदेश बसेको दशैँको समयमा बिदा पाएको थिइँन,’ उनले मुस्कुराउँदै भने, ‘तर भाग्यबस यसपाली दशैँमा बिदा पाएँ, परिवारसँग रमाउन पाउने भएँ खुसी छु ।’

त्यसो त यसअघि उनले धेरैपटक परदेशमै दशैँ मनाएका थिए । ‘परदेशमै पनि धेरै वर्ष दशैँ मनाएँ ठूलो कुरा भनेको खुसी हो रहेछ’ उनी भन्छन् ।

उनकाअनुसार परदेशमा रहँदा नेपाली जम्मा हुने, मासुका परिकार बनाउने खाने र रमाइलो गर्ने गर्थे । ‘परदेशमै हुँदापनि परिवारसँग सम्पर्कमा रहने भिडियो कल गरिन्थ्यो खुसी त्यसरी नै बाडिन्थ्यो’ उनले बिगतको दशैँ सम्झिँदै भने ।

तर यसपालीको दशैँमा बाआामाको हातबाट टीका र आर्शिवाद लिन स्वदेश आइपुग्दा उनको खुसीको सीमा छैन । बिमानस्थलम बाहिरको एक छेउमा उनकी श्रीमती उनलाई कुरिरहेकी थिइन् ।

५ वर्षपछि श्रीमान भेट्दा उनको मुहारमा खुसी त थियो नै । त्योभन्दा पनि महानचाड दशैँमा श्रीमान परदेशबाट फर्किदा उनी भावुक बनेकी थिइन् ।

‘उहाँलाई लिनकै लागि पाल्पाबाट आएकी’ उनले खुसी हुँदै भनिन्, ‘धेरैपछि सँगै दशैँ मनाउन पाउने भइयो धेरै खुसी छु ।’

लगेज गुडाउँदै खुसी बोकेर आउनेको भीड बढ्दै थियो । कतिपय दशैँमा परिवारका लागि लत्ताकपडा, टिभि, मोबाइल बोकेर आएको बताउँदै थिए ।

त्यस्तै परदेशबाट केही ल्याउन नसकेपनि परिवारसँग रमाउन दशैँ मनाउनकै लागि मात्र आउने पनि थिए ।

महानचाड दशैँ मनाउनकै लागि काभ्रेका सुमन घिमिरे पनि ४ वर्षपछि स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेको घिमिरेले विगतमा ३ वटा दशैँ उतै मनाए ।

‘यसअघि ३ वटा दशैँ मलेसियामै मनाएँ’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘तर यसपाली दशैँकै लागि बिदा लिएर आएको ।’

देश छोडेर परदेशिनुको कारण पैसा र रोजगारी नै हो । रोजगारी खोज्दै परदिशिनेहरू महानचाड दशैँ र तिहारमा घर मुस्किलले आउने गर्छन् ।

दशैँमा बिदा पाउन निकै मुस्किल हुने बताउँदै उनी भन्छन्, ‘प्राय बिदा पाइहाले पनि अरु बेला पाइन्छ काम गर्न गएपछि गर्नैपर्‍यो ।’

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ३६ बजे

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी