कोरोना पछि उघ्रिएको रंगमञ्चको पर्दा « Khabarhub

कोरोना पछि उघ्रिएको रंगमञ्चको पर्दा



झापा– डेढ वर्षभन्दा लामो समय कोरोना महामारीले अधिकांश क्षेत्र खुम्चिए ।

दैनिक क्रियाकलाप र मानवीय दैनिकी पनि नियन्त्रित बन्यो । लकडाउन, निषेधाज्ञा जस्ता प्रतिवन्धात्मक आदेशका कारण कलाकारीता क्षेत्र पनि चलायमान हुन सकेन ।

मोफसलमा भर्खरै बामेसर्न थालेको रंगमञ्च पनि शुन्य बन्यो । झापाको दमक–९ मा निर्माणाधीन कदम थिएटरको सेउपाखा नाटकघरमा पनि पर्दा झर्‍यो । तर करिव ४ महिना अघि कोरोना क्रमिक नियन्त्रणमा आउन शुरुगरेसँगै कलाकारले नाटकघरमा लागेको माकुराको जालो झार्न शुरु गरे, खुईलिएको रंग चम्काउन थाले र आँगन–पिढीँ सफाचट पारे ।

नाटकघर भित्र सुस्तरी शुरु भएको अभ्यास ४ महिना पछि पोखियो नाटक–‘तिम्रो आँखामा खसेको साँझ’ बनेर ।

दशैँको संघार पारेर मञ्चन शुरु भएको नाटक हेर्न आउने दर्शकको संख्याले भने सबैलाई कोरोना बिर्साएको देखियो । थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले भने, ‘कलाकारिता ठप्प जस्तै बनेको लामो समय भएको थियो । साथीहरूले रिक्स मोलेर नाटकको तयारी गरेका थिए तर आज आएर नतिजा हेर्दा खुसी लागेको छ ।’

५० दर्शक क्षमताको नाटक घरमा असोज २२ देखि २५ सम्म हरेक दिन दुई सोको तालिकामा कुनै सिट खाली रहेनन् । नाटकका कलाकार समेत रहेका थिएटरका आर्ट डाईरेक्टर सिजन दाहालले भने, ‘दर्शक नआटे पछि थप शो समेत माग भयो, त्यसैले दिनमा ३ शोसम्म नाटक देखाईयो ।’

केही वर्ष अघिदेखि थिएटरको अभ्यास थालेको थिएटर अन्य नाटकघर जस्तै महामारी अवधिभर शुन्य भएको थियो । पछिल्लो यो नाटकसँगै यसको ढोका खुलेको छ ।

स्वतन्त्रताको कथा

नाटक–‘तिम्रो आँखामा खसेको साँझ’ बहुदल पछिको समय आसपासको कथा हो ।

यसमा दूई मूल महिला मात्र देखिन्छन् । तर जैवीक रुपमा उनीहरू समलिङ्गी हुन् । आजभन्दा करिव ३ दशक अघि समलिङ्गी विवाह गर्ने आँट यहाँ देखाईएको छ ।

यस्तै मानवीय स्वतन्त्रता, पुरुषवादी चिन्तनले थिचिएको समाज अनि अझैसम्म पनि कायमै रहेको लाहुरेमोह पनि कथामा बुनिएको छ ।

नाटकका लेखक प्रकाश शर्मा अधिकारी नाटक मार्फत मानवीय स्वतन्त्रताको खोजी गरिएको बताउँछन् । उनको पहिलो नाटक ‘चुपचाप’ मञ्चनको तयारी गरिए पनि लकडाउनका कारण चुपचापै रहयो । त्यस पछिको दोस्रो नाटकले भने मञ्च पाएको हो ।

 

नयाँ कलाकारको उदय
नाटकमार्फत नयाँ कलाकारसमेत उभ्याउने प्रयास गरिएको छ । खागर खाती कामीले निर्देशन गरेको नाटकमा सुशान्त लिम्बू, करिना बास्तोला, सिजन दाहाल, सोना यादव, दिपक खरेल, स्वेच्छा नेपाल, युवराज भण्डारी, मनिक शंकर र रमिला राई विभिन्न पात्रका रुपमा देखिएका छन् । ती मध्ये केहीलाई थिएटरमै अभ्यास गरेर कलाकारको रुपमा अभ्यास गराईएको थिएटरका महासचिव कमन देवानले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ३१ बजे

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा