जनचेतनामूलक काम गर्न मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी « Khabarhub

जनचेतनामूलक काम गर्न मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनचेतनामूलक काम गर्न मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी भएको छ ।

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय पहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहमा लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्री हस्तानतरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : ०३ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा