तत्काल निर्वाचनमा जानुपर्छः नेता सिंह « Khabarhub

तत्काल निर्वाचनमा जानुपर्छः नेता सिंह


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले पार्टीको १४औँ महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

“सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो”, उनले भने । पार्टीका पूर्वमहामन्त्री सिंहले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको बताए ।

नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौँले पाउनुपर्ने उल्लेख गरे । राजनीतिलाई सेवाका रुपमा लिनसमेत उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले कांग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्ट सत्तामा पुग्ने अवसर पाएको भन्दै आगामी दिनमा कांग्रेसले यस्तो कमजोरी दोहोर्‍याउन नहुने उल्लेख गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : ४५ बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको