तत्काल निर्वाचनमा जानुपर्छः नेता सिंह « Khabarhub

तत्काल निर्वाचनमा जानुपर्छः नेता सिंह


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले पार्टीको १४औँ महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

“सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो”, उनले भने । पार्टीका पूर्वमहामन्त्री सिंहले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको बताए ।

नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौँले पाउनुपर्ने उल्लेख गरे । राजनीतिलाई सेवाका रुपमा लिनसमेत उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले कांग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्ट सत्तामा पुग्ने अवसर पाएको भन्दै आगामी दिनमा कांग्रेसले यस्तो कमजोरी दोहोर्‍याउन नहुने उल्लेख गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ३ : ४५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत