कोभिड प्रभावित परिवारलाई खाद्यान्न वितरण « Khabarhub

कोभिड प्रभावित परिवारलाई खाद्यान्न वितरण


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो ।

नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । दलित महिला सङ्घका सचिव खगीसरा वलीले यसअघि भेरीगङ्गा नगरपालिकामा पनि अतिप्रभावित एवं अतिविपन्न परिवार गरी १०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइन् ।

अतिविपन्न दलित समुदाय र कोरोनाबाट रोजगारी गुमेका परिवारलाई दसैँमा अतिआवश्यक खाद्य सामग्रीको कमी नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको उनको भनाइ छ ।

राहत वितरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विपन्न, गरिब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई सहयोगको खाँचो रहेको र दलित महिला सङ्घ सहयोगी बनेकामा प्रसंशा व्यक्त गरे ।

उनले प्राप्त सामग्रीको सही सदुपयोग गर्न र कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरे । उपप्रमुख ढकालका साथै सङ्घका अध्यक्ष मञ्जु सुनार र वडा नं ४ का वडाध्यक्ष नीलकण्ठ खनालले खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ५९ बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको