सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी | Khabarhub Khabarhub

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् ।

चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने उनको भनाइ छ । उनले संसार भर नै लेखा समिति प्रतिपक्षीले सम्हाले अभ्यास रहेको जिकिर गरे ।

बैठकमा समिति सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताए । शाहले २०५६ सालदेखि नै आफू पनि लेखा समितिमा बस्दै आएको भन्दै २० वर्षको अवधिमा कसैले पनि राजीनामा दिएर गएको आफूलाई थाहा नभएको तर्क गरे ।

बैठकमा महालेखापरीक्षकको ५८ औ वार्षिक प्रतिवेदन, २०७८ बारे छलफल भएको थियो । महालेखापरीक्षक टंकमणी शर्माले ५ हजार ४६१ वटा निकायको लेखा परीक्षण सम्पन्न भएको जानकारी दिए ।

शर्माले सरकारी निकायहरुको बेरुजु १ खर्ब ४ अर्ब रहेको बताए । उनले १ लाख ४ हजार ७२६ वटा दफामा बेरुजु देखिएको जानकारी दिए । समितिले सभापति भरत शाहले लेखापरीक्षणमा देखिएका समस्याहरुलाई हटाउन भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ५५ बजे

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित