सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी « Khabarhub

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् ।

चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने उनको भनाइ छ । उनले संसार भर नै लेखा समिति प्रतिपक्षीले सम्हाले अभ्यास रहेको जिकिर गरे ।

बैठकमा समिति सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताए । शाहले २०५६ सालदेखि नै आफू पनि लेखा समितिमा बस्दै आएको भन्दै २० वर्षको अवधिमा कसैले पनि राजीनामा दिएर गएको आफूलाई थाहा नभएको तर्क गरे ।

बैठकमा महालेखापरीक्षकको ५८ औ वार्षिक प्रतिवेदन, २०७८ बारे छलफल भएको थियो । महालेखापरीक्षक टंकमणी शर्माले ५ हजार ४६१ वटा निकायको लेखा परीक्षण सम्पन्न भएको जानकारी दिए ।

शर्माले सरकारी निकायहरुको बेरुजु १ खर्ब ४ अर्ब रहेको बताए । उनले १ लाख ४ हजार ७२६ वटा दफामा बेरुजु देखिएको जानकारी दिए । समितिले सभापति भरत शाहले लेखापरीक्षणमा देखिएका समस्याहरुलाई हटाउन भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ५५ बजे

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको