काठमाडौँ- प्रहरीले एक पाकिस्तानी नागरिकलाई अपहरण गरेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका पकिस्तानी नागरिक फिजान अहमदलाई नेपाल बोलाएर अपहरण गर्ने दुई पाकिस्तानी जेसन मोहम्मद र ताज रिजवानलाई पक्राउ गरेको हो ।
आफूलाई अपहरण गर्न खोजेको भन्दै फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
गत असोज १८ गते बेलुकाको समयमा ललितपुरको धापाखेलस्थित सिभिल होम्सको घर नम्बर ४१७ को झ्यालबाट पकिस्तानी नागरिक फिजान अहमद भागेर गुहार गरेपछि प्रहरीसँग सम्पर्क भएको थियो ।
सो क्रममा उनले आफू अपहरणमा परेको बताएका थिए । प्रहरीका अनुसार जेसन र ताज तीन साताअघि नेपाल आएका थिए ।
उनीहरूले धापाखेलस्थित सिभिल होम्सको एक आपार्टमेन्ट भाडामा लिए । क्यानडा पठाइदिने प्रलोभनमा फैजानलाई नेपाल बोलाइएको र उनीहरुले २५ हजार डलर फिरौती मागिएको अनुसन्धानबाट खुलेको बज्राचार्यले बताइन् ।
असोज १९ गते ठमेल नर्सिङ चोकबाट पक्राउ परेका दुई जनालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुर प्रहरीले ललितपुर प्युटार घर भएका राजकुमार भुलुनको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमति रजीना भोलुन, साढुभाई ज्ञान कुमार सिन्तान, साली सुनाीता सिन्तान र मनोज मगर भन्ने मनोज सार्की रहेको परिसर प्रमुख एसएसपी बज्राचार्यले बताइन् ।
प्रतिक्रिया