नेपालको पर्यटन विकासमा यूएनडब्लुटीओको साथ | Khabarhub Khabarhub

नेपालको पर्यटन विकासमा यूएनडब्लुटीओको साथ


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्र संघीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ ।

माल्दिभ्समा आयोजित (युएनडब्लुटिओ) एशिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिमका अवसरमा भएका अन्तरक्रिया तथा द्विपक्षीय छलफलका क्रममा युएनडब्लुटिओ नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

माल्दिभ्समा यही असोज १९ देखि २२ सम्म आयोजित उक्त कार्यक्रममा युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकास्भिल्ली र क्षेत्रीय निर्देशक ह्यारी ह्वाङसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीसँगको भेटमा महासचिव जुराब र क्षेत्रीय निर्देशक ह्यारीले सो धारणा राखेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको हो ।

महासचिव जुरावसँगको भेटमा कोभिड–१९ पछिको अवस्थामा पर्यटन पुनरुत्थानका लागि युएनडब्लुटिओ सँगको सहकार्य, दिगो पर्यटन विकास, प्राकृतिक तथा पर्वतीय पर्यटन विकास र संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल भएको र यसमा सहयोग गर्न उनीहरु इच्छुक रहेको डा रेग्मीले जानकारी दिए ।

“युएनडब्लुटिओबाट विभिन्न देशहरुले धेरै खालका सहयोग पाइरहेका छन् । ती देशहरुले प्रत्यक्ष फाइदा लिएका पनि छन् । यो अवस्थामा नेपालसँगको सहकार्य गर्ने सन्र्दभमा उनीहरुसँगको भेट फलदायी रह्यो । साथै उनीहरुले सन २०२३ मा नेपालमा एशिया प्यासिफिक क्षेत्रको कुनै कार्यक्रम गर्ने बचन दिएका छन्”, उनले भने ।

माल्दिभ्सका पर्यटनमन्त्री डा अब्दुल्लाह मौसुमसँगको भेटमा नेपाल र माल्दिभ्सबीच पर्यटन प्रवद्र्धनका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको डा रेग्मीले जानकारी दिए ।

त्यसैगरी बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले नेपालको पर्यटनको पछिल्लो अवस्थाका साथै अन्तर्राष्ट्रिय पर्यटनको पुनः सञ्चालन र आन्तरिक पर्यटन प्रर्वद्धनका विषयमा विशेष सत्रमा आफनो प्रस्तुतीकरण दिएका थिए भने कार्यक्रममा सहभागीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

कार्यक्रममा नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलङ्का, हङकङ, पाकिस्तान, कोलम्बिया, इन्डोनेशिया, भियतनाम, मङ्गोलिया, इरान, म्यानमार, सामो, मकाउ, कोरिया, स्पेन, इटली, इजिप्ट र फिजिलगायत देश र क्षेत्रबाट प्रत्यक्ष सहभागी थिए ।

कतिपय देशबाट भर्चुअल सहभागिता रहेको थियो । कार्यक्रममा पर्यटकीय गन्तव्यको व्यवस्थापन तथा सञ्चालन र आन्तरिक पर्यटनमा नवप्रवद्र्धन र यसको भविष्य तथा आन्तरिक पर्यटनमा निजी क्षेत्रको सहभागिता अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटनको पुनः सञ्चालनलगायतका विभिन्न सत्रमा पर्यटन विज्ञहरुले प्रस्तुति राख्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ४० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय