नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह « Khabarhub

नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छन् ।

मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छन् ।

‘आज मेरो जीवनको विशेष दिन हो । असर र म बैबाहिक बन्धनमा बाँधिएका छौं,’ ट्विटरमा उनले लेखेकी छन् । उनले असरसँग विवाह गरेको चार ओटा तस्विरसमेत पोस्ट गरेकी छन् ।

पहिलो नामबाहेक मलालाले आफ्ना श्रीमानबारे थप कुनै जानाकारी दिएकी छैनन् । इन्टरनेट प्रयोगकर्ताहरुले असर पाकिस्तान क्रिकेट बोर्डको हाई पर्फमेन्स सेन्टरका महाप्रबन्धक भएको दाबी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन् ।

महिला र बालबालिकाको अधिकारका लागि गरेको योगदानका कारण मलाला पश्चिमेली मुलुकमा प्रख्यात छिन् । उनका गतिविधिलाई लिएर केही पाकिस्तानी विभाजित छन् ।

जुलाईमा मात्र बेलायतको भोग्यु म्यागेजिनलाइ अन्तर्वार्ता दिने क्रममा उनले विवाहबारे आफूले केही नसोचेको बताएकी थिइन् । ‘मानिस किन विवाह गर्छन भन्ने बारेमा मैले अझै बुझेकी छैन् । तपाइको जीवनमा कोही व्यक्ति छ भने तपाईले विवाहसम्बन्धी कागजमा किन हस्ताक्षर गर्ने ? । ’ उनले भनेकी थिइन् । उनको टिप्पणीपछि पाकिस्तानमा सामाजिक सञ्जालका प्रयोकर्ताहरुले चर्को आलोचना गरेका थिए ।

मलालालाई सन् २०१२ मा तालिवान लडाकुहरुले विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भीर घाइते भएकी उनको बेलायतमा लामो समय उपचार भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : २६ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी