अफगानिस्ताबारे नयाँ दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक « Khabarhub

अफगानिस्ताबारे नयाँ दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी नयाँ दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू भएको छ । दुई दिने बैठकमा रसिया र इरानसहित मध्यएसियाली देशका प्रतिनिधिहरू सहभागी छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमपछि यस क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थाको समीक्षा र थप रणनीति तय गर्न बैठक आयोजना गरिएको हो ।

बैठकमा इरान, ताजकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तान र रसियाका प्रतिनिधिहरूको सहभागीता छ । पाकिस्तान भने यसअघि नै बैठकमा सहभागी नहुने जनाएको थियो ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले आफू बैठकमा सहभागी नहुने गत साता नै जानाकारी दिएका थिए । यस्तै, चीनले पनि बैठकमा सहभागीता नजनाउने भएको छ ।

अफगानिस्तानले सामना गरेको मानवीय चुनौती र क्षेत्रीय सुरक्षा सम्बोधन गर्न यस क्षेत्रका देशहरुले साझा क्षेत्रीय प्रयास गर्नुपर्ने भारतले बताउँदै आएको छ ।

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरिरहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ५९ बजे

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने