पचली भैरवको कथालाई काठमाडौँ महानगरको सहयोग « Khabarhub

पचली भैरवको कथालाई काठमाडौँ महानगरको सहयोग


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वासलाई रङ्ग मञ्चमा उतारिने भएको छ ।

काठमाडौँ महानगरपालिकाको कार्यक्रम सहयोगमा बज्र कला कुञ्जले कार्तिक २५ गतेदेखि टेकुको कौशी थियटरमा नाटक मञ्चन गर्दैछ । अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाइ, विश्वाश र आस्थालाई हेर्न, सुन्न र देख्न सक्ने माध्यमका रुपमा सांस्कृतिक नाटक प्रदर्शनका लागि अहिले अभ्यास चलिरहेको छ ।

पचली भैरवको स्थापना र १२ बर्षे जात्रा सम्बन्धी लेखिएका र भनिएका कथाको संयोजनबाट नाटक तयार पारिएको छ ।

किराँती राजा यलम्बर पञ्चलिङ्श्वर (बागमती विष्णुमती दोभान) मा साधना गरिरहेका बेला उनीसँग स्थानीय नेवार समुदायकी छोरी नैअजिमा (रुक्मिणी)सँगको भेटबाट नाटक सुरु हुन्छ । प्रेम विस्तारै बढ्दै जान्छ ।

यसपछिका पारिवारिक घटना क्रम र दैवी शक्तिका कारण उत्पन्न बाधाहरु देखाउँदै नाटकलाई निश्चित समय भेट हुने गरी वियोग गराइएको छ । यो संयोग भनेकै १२ बर्षे पचली भैरव जात्रा हो ।

भैरव, नैअजिमा र उनीहरुको छोरा मुसुका गणेश (रुद्रविनायक) नाटकका मुख्य पात्र हुन् । त्यहाँ दैवी शक्ति र आसुरी शक्तिविचको द्वन्द्वमा दैवी शक्तिको जीत भएको देखाइएको छ ।

महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार महानगरले काठमाडौँको मौलिकतासँग जोडिएका तर विसिँदै गएका, विर्सिन सक्ने र थोरै मात्र चर्चा हुने मूर्त अमूर्त सांस्कृतिक सम्पदाको महत्व जोगाउन कार्यक्रम सहयोगअन्तर्गत नाटक मञ्चनका लागि सहयोग गरिएको हो ।

नेपाल मण्डलमा पचली भैरवको उत्पत्ति र दक्षिण भेगको सुरक्षासँग सम्बन्धित प्रसङ्ग, भैरव, अष्टभैरव, अष्टमातृका, गणेश अजिमाका शास्त्रीय नाचहरु नाटकमा हेर्न पाइन्छ ।

नाटकका निर्देशक चन्द्रमान मुनिकार भन्छन्, ‘मूर्त अमूर्त सांस्कृतिक सम्पदाको सम्बन्ध देखाउँदै नेपाल मण्डलका परम्परागत चालचलन सम्बन्धी तथ्य युवालाई पुस्तान्तरण गर्नु नाटकको उद्देश्य हो । यसले सामाजिक सदभावलाई जोगाएर राख्नु पर्ने सन्देश दिनेछ ।’

नाटकका सहनिर्देशक इंगिहोयो कोइच सुनुवार भन्छन्, ‘टेकु दोभान क्षेत्रमा सिद्ध हुनुभएका तन्त्रसाधनाका पारङ्गत व्यक्तिको प्रेमलाई सामाजिक व्यवस्थासँग घुलमिल गराएर प्रस्तुत गर्नु कठिन थियो । यो कठिन कामलाई हामीले अवसर ठानेका छौँ ।’

नाटकमा सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, सानुमैयाँ महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ् राई, रोशनी चौधरी, करिना सुनुवार र इंगिहोयो कोइच सुनुवारलगायत कलाकारको अभिनय छ ।

नेपाल मण्डल र यस क्षेत्रमा उत्पत्ति भएका देवी देवता, उहाँहरुको कथासँग सम्बन्धित सामाजिक एवं सांस्कृतिक चाल चलन सम्बन्धी जनश्रुति, भनाइ र कथाहरु चाख लाग्दा छन् । पचली भैरव स्थापनाको कथा पनि यसैसँग सम्बन्धित कथा हो । पचली भैरवलाई भैरवहरुमध्येका प्रमुख मानिन्छ ।

पञ्चलिङ्गेश्वर शव्द अपभ्रंस भएर पचली भएको मानिन्छ । ५ प्रकारका उर्जा मिलेर पञ्चलिङ्गेश्वर उत्पत्ति भएको मानिन्छ । यो बागमती र विष्णुमती नदीको संगम स्थानमा छ । कान्तिपुरको दक्षिण कोलियग्रामको सुरक्षा पचली भैरवले गरेको जनविश्वाश छ ।

यस भेगमा पर्ने व्रह्मटोल, चल्खु, टेकुलगायत क्षेत्रका स्थानीयले पचली भैरवको जात्रा घुमघामसँग मनाउँछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : २६ बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम