पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : गृहमन्त्री खाँण | Khabarhub Khabarhub

पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : गृहमन्त्री खाँण


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् ।

नेपाल महिला संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन, पार्टीको भविष्य सुरक्षित गर्न पनि गठबन्धन निर्वाचनसम्मै कायम गरिनुपर्छ,’ उनले भने । आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका बेला गृहमन्त्री खाँणको यस्तो भनाइ आएको हो । उनी पार्टीमा प्रधानमन्त्री देउवा निकट मानिन्छन् ।

आगामी तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहे मात्र कांग्रेस सुरक्षित हुने उनको भनाइ छ । ‘कांग्रेसले पहिले गुमेको साख फिर्ता ल्याउन पनि गठबन्धन गरेर आफू सुरक्षित हुने हिसाबले चुनावमा जानुपर्छ, नभए निर्वाचन लड्न कठिन हुनेछ,’ उनले भने ।

गृहमन्त्री खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । ‘कांग्रेसलाई सवल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्छ,’ उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्र आमनिर्वाचन पनि सफल हुने उनको भनाइ छ ।

स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्रै गरेको उदाहरण दिँदै गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धन बचाउँदै चुनावसम्म लैजानु पर्ने र कांग्रेसलाई सवल, सक्षम, जिम्मेवार र बलियो पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : १५ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता