एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल « Khabarhub

एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् ।

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताए।

उनले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गरे । उनले भने, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’

उनले एकीकृत समाजवादी एउटा अभियान भएको दाबी गरे । कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्‍याउन नयाँ संकल्पका साथ र एमालेले आन्दोलन गरेर खडा भएको कम्युनिस्ट आन्दोलनको आदर्श रक्षा गर्न, देश र जनताको हितमा एक ढिक्का भएर अगाडि बढ्न नयाँ पार्टी बनाएको उनको भनाइ छ।

‘आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुन्छ । आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ,’ उनले भने, ‘त्यो पाँचै दलबीच सहमति भइसकेको छ । केपी गुटको पत्तासाफ गरिदिनेछौं ।’

उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनले जिकिर गरे । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले दाबी गरे ।

भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे ।

आफूहरू अहिले कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएको उनले बताए । न्यायाको पक्षमा उभिने कलम नै सही रहेछ भनेर जनताले चिन्ने उनको दाबी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ३० बजे

वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

एजेन्सी– प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन– सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण

रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन