सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका छन् । उनीहरूलाईउद्धार गरी उपचारका धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनील थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि मंगलबार अरनिको राजमार्ग अन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस चौतारा साँगाचोकगढी नगरपालिका–११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : २० बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए