इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड फाइनलमा « Khabarhub

इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड फाइनलमा


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इग्ल्याण्डलाई पराजित गर्दै न्यूजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा न्यूजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक हुँदा उसले तीन ओभरमै लक्ष्य भेटायो । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले ४ विकेटको क्षतिमा १६६ रन बनाको थियो । १६७ को लक्ष्य पाएको न्यूजिल्याण्डले खराब सुरुआत गरेको थियो । पहिलो ओभरमै मार्टिन गप्टिललाई गुमाएको उसले त्यसपछि कप्तान केन विलियम्सन पनि सस्तैमा आउट हुँदा इंग्ल्याण्ड खेलमा हावी भएको थियो ।

तर न्यूजिल्याण्डका डेरिएल मिचेचल र ड्वेन काउनवेले टिमलाई उकासेका थिए । मिचेलले नटआउट ७३ रन बनाए भने काउनवेले ४६ रन बनाएका थिए । तर न्यूजिल्याण्डको जितमा जेम्स निशमको महत्वपूर्ण योगदान रह्यो । उनले सुरुदेखि नै हिटिंग गरेका थिए । १७ औं ओभरमा कृस जर्डानको ओभरमा २३ रन जोडेर उनले न्यूजिल्याण्डको जितको आशा देखाएका थिए । उनले ११ बलमा २७ रन बनाए ।

यसअघि इंग्ल्याण्डका लागि मोइन अलीले ५१ र डेबिड मलानले ४१ रन बनाएका थिए ।
\प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुने छ । यो खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : २९ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित