संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन « Khabarhub

संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ।

शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदका उमेदवार अझै टुंगो लाग्न सकेको छैन। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन् । आकांक्षीको सूची लामो हुँदा देउवालाई उम्मेदवार छान्न हम्मे हम्मे परेको हो।

रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्ष चार दिनदेखि छलफलमा जुटे पनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।

गणेशमान परिवारले सधैँ त्याग मात्रै गरेकाले यसपटक आफ्ना लागि अरूले छाड्नुपर्ने भन्दै प्रकाशमानले सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। उनले बबरमहलस्थित यलम्बर पार्टी प्यालेसमा अवधारणापत्र सार्वजनिक गर्दै छन्।

नेता शेखर कोइरालाले पनि बिहीबारबाटै प्रचार अभियान थालेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘एकपटक, यसैपटक’ भन्दै सभापतिका लागि प्रचार अभियान सुरु गरेका हुन्। दुवै नेताले सभापतिका लागि प्रचार गरेपछि पौडेल बिहीबार दिनभरि कसैको सम्पर्कमा आउन चाहेनन्।

कोइराला र सिंह सहमतिमा आउन नसकेको भन्दै उनले आफूनिकट नेताहरूसँग चित्त दुखाएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति