माओवादी केन्द्रको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित « Khabarhub

माओवादी केन्द्रको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । भोलि र पर्सि पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज हितराज पाण्डेले महिला, युवा, दलितलगायतलाई पार्टी कमिटीमा प्राथमिकता दिने पार्टी नीति रहेको बताए ।

उनले १८ देखि ४० वर्षसम्मका युवालाई बढीभन्दा बढी पार्टी कमिटीमा जिम्मेवारी दिइने बताए । यसका साथै दलित १९ प्रतिशत र मुस्लिम तथा सीमान्तकृतको सहभागितासहित प्रदेश समितिमा सुनिश्चिता गरिएको बताइन्छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक-एक गरी सात सदस्सीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ । प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित हुने बताइन्छ ।

प्रदेश इन्चार्ज पाण्डेले भने, ‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रूपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने भन्नेबारेमा अधिवेशनमा गहन छलफल गछौँ, अधिवेशनमा विशेषगरी विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफलमा बढी केन्द्रित हुनेछ र नयाँ नेतृत्व चयन गरिनेछ ।’

माओवादीले प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको र ८४६ प्रतिनिधि सहभागी हुने जनाएको छ । प्रदेश कमिटीका सचिव एवं प्रवक्ता देवेन्द्र पराजुलीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिँदै प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि पोखरा आउने क्रम सुरु भएको बताए ।

पोखरा सभागृहमा हुने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तह, मनोनित प्रतिनिधि, आयोजक समिति सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रदेश सल्लाहकार सहभागी हुनेछन् । प्रदेशको अधिवेशनमा पालिकाबाट निर्वाचित ६००, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ ।

एक गैरभौगोलिक शाखासहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशन सम्पन्न भई पालिका समिति निर्वाचित भएका छन् । गण्डकीमा स्थायी बसोबास भएका पार्टी स्थायी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य, प्रतिनिधिसभाका सांसद, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यलाई अधिवेशनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ५१ बजे

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक